२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

बुटवल-भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय



बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने प्रस्ताव अघि बढाएको प्रदेश सरकारले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेश ५ मन्त्रिपरिषद्को आज बसेको बैठकले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको हो । यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई जोडेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने समेत निर्णय गरेको छ ।

बुटवलबाट प्रदेशको राजधानी सार्ने प्रस्तावलाई प्रदेशसभाबाट अघि बढाएको सरकार निकै आलोचित भएपछि बुटवल भैरहवा क्षेत्रलाई आर्थिक राजधानी बनाउने निर्णयमा पुगेको हो ।

नेकपा संसदीय दलको हिजोको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना असन्तुष्ट सांसदहरुलाई मनाउने क्रममा आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए ।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर तीनै जिल्लालाई सांस्कृतिक एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

सरकारले प्रदेशसभा बैठकबाट आर्थिक र पर्यटकीय राजधानी घोषणाबारे जानकारी गराउने तयारी गरेको छ । यद्यपी, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण आज पनि प्रदेश सभा बैठक अवरुद्ध हुने संभावना बलियो छ ।

मन्त्रिपरिषद बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ५५ बजे

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

कास्की । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको

मकवानपुर माइक्रोबस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, पाँच जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा

रुपन्देहीमा देउसी-भैलोको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ

रुपन्देही । देउसी-भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन

एनपीएलमा आज दुई खेल, विराटनगर-पोखरा र कर्णाली-लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबार दुई खेल

मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना