१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा आइसोलेट संक्रमितको संख्या ५०० बाट तल झर्दै, मृत्यु दर ०.९८ प्रतिशत



नेपालगन्ज । बाँकेमा २२३८ जनामा कोरेना संक्रमण पुष्टि हुँदा बिहिबार सम्ममा ५०७ जनामात्र बिभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार ५ सय भन्दा कम संख्यामा संक्रमित रहेको जिल्लालाई जोखिम मुक्त जिल्लाकारुपमा मानिन्छ ।

संक्रमणको रफ्तार तिब्र भएसँगै बाँकेमा कोरोना मुक्त हुनेको गति पनि सोही अनुपातमा रहेकाले जिल्लामा ृपचाररत संक्रमितको संख्यामा कमी आएको हो । बिहिबार सम्ममा बाँकेमा २२ जना संक्रमितले ज्यान गुमाएकाछन् भने १७०९ जना कोरोना मुक्त भएर घर फर्केका छन् । मन्त्रालयले तोकेको मापदण्ड अनुसार बाँकेमा होम आइसोलेसन र बिभिन्न आइसोलेसनमा रहेका संक्रमितहरुको अध्यावधिक गर्ने र कोरोनाको चिन्ह बिना १४ दिन आयसोलेसनमा रहेका संक्रमितहरुलाई थप ७ दिन होम क्वारेन्टिनमा बस्ने कागज गराएर डिस्चार्ज गर्ने गरिएको छ ।

बिहिबार पनि बाँकेमा १३ महिला र १६ पुरुषगरि २९ जना डिस्चार्ज भएका छन् । बिहिबार डिस्चार्ज भएकाहरुमा १६ जना होम आइसोलसनमा र अन्य बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेकाहरु हुन् । जिल्ला संकट ब्यवस्थापन केन्द्रका कोभिड फोकलपर्शन नरेस श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार बाँकेमा निको हुनेको दर ७६ दशमलव ३६ प्रतिशत रहेको छ भने मृत्यु दर शुन्य दशमलव ९८ प्रतिशत रेको छ । बाँकेमा रोगको प्रकोप दर शुन्य दशमलव ३७ प्रतिशत छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : ३४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक