१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा थपिए १५८ नयाँ संक्रमित, हरेक दिन ३ अंकले थपिँदै, हरेक दिन १ को मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना संक्रमण थपिने क्रम निरन्तर बढीरहेको छ । मंगलबार पनि रुपन्देहीमा १५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज ६९ महिला ८९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा बुटवल उपमहानगर मंगलबार पनि धेरै संक्रमित थपिने पालिकामा परेको छ । बुटवलमा ६५ जना नयाँ संक्रमित थपिँदा सिद्धार्थनगरमा ४४ जना, तिलोत्तमामा २७ जना, देवदहमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सम्मरीमाईमा ४ जना, सैनामैना, ओमसतिया र मायादेबीमा २।२ जना तथा मर्चवारी, गैडहवा, रोहिणी र कन्चनमा १।१ जना संक्रमित थपिएका छन् ।

मंगलबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ५१६० पुगेको छ । जिल्लामा २९६६ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ५३ जनाको मृत्यु भएको छ । अनुपातमा हेर्दा रुपन्देहीमा हरेक दिन ३ अंकका दरले संक्रमित थनिे गरेका छन् भने हरेक दिन १ जनाको मृत्यु हुने गरेको छ । रुपन्देहीमा प्रादेशिक अस्पतालका फिवर क्लिनीक देखि कोरोना बिशेष अस्पताल सम्मका सबै बेड संक्रमितले भरिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २३ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख