१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सोमबार रुपन्देहीमा १६२ जनामा कोरोना संक्रमण पुष्टि



बुटवल । सोमबार रुपन्देहीमा ८० जना महिला र ८२ जना पुरुष गरी थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ५५, सिद्धार्थनगर नगरपालिकाका ३३, तिलोत्तमा नगरपालिकाका ४०, शुद्धोधन गाउँपालिकाका ६, देवदह नगरपालिकाका ४, रोहिणी गाउँपालिकाका २, सैनामैना नगरपालिकाका १३, सियारी गाउँपालिकाका ६, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया र कञ्चन गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ४ सय ३२ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा ४ हजार ६ सय ५१ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय ६ संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ३८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा