५ पुस २०८२, शनिबार | December 20, 2025

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, ३३०९ जनामा सक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन ।

गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ सय २२ पुगेको छ ।

हाल १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त :

पछिल्लो २४ घण्टामा थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन ।

देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणपछि मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ५१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता