५ पुस २०८२, शनिबार | December 20, 2025

कास्की र लमजुङमा छुट्टाछुट्टै स्थानमा आगलागी



गण्डकी । गण्डकी प्रदेशका कास्की र लमजुङका छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका-१३ कञ्चन टोलमा सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

लमजुङको मध्यनेपाल नगरपालिका-६ भोर्लेटारबाट रामबजारतर्फ जाँदै गरेको ग१त ५०९७ नं।को खाली ट्याक्टरमा आफैँ आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता