४ पुस २०८२, शुक्रबार | December 19, 2025

रोल्पाका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज । रोल्पाका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ ।

लिवाङ नगरपालिका वडा नं.४ रोल्पाका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका वडा नं.४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो ।

त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोहलपुरमै हुँदा उनको स्वाव परीक्षण भयो । १५ गते कोरोना पुष्टि भयो । १६ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

उनको शनिबार राती १२:१० बजे मृत्यु भयो । केही दिनयता बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भइरहेको छ ।

बाँकेमा उपचार गराउन आउदा अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ