२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

खजुराका कृषिमा आश्रित १०४ किसानले पाए पावर ट्रेलर



नेपालगन्ज । खजुरा गाउँपालिकाले पालिका भित्र कृषिमा मात्र आश्रित रहेका १०४ किसानलाई अनुदानमा पावर ट्रेलर उपलब्ध गराएको छ । पालिकाको कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा किसानहरुलाई पावर ट्रेलर उपलब्ध गराएको हो ।

खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य पेशा नभएका १०४ जना किसानलाई गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर ट्रेलर हस्तान्तरण गरिएको थियो ।

पावर ट्रेलर वितरण कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका प्रमुख किस्मत कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउन अनुदानमा प्रबिधी उपलब्ध गराईएको बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको पनि जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए ।

५२ हजार मुल्य पर्ने पावर ट्रेलरको आधा मुल्य गाँउपालिकाले ब्यहोर्ने गरि पालिकाले अनुदान दिएको पालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ५६ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु