२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रतिनिधिसभा विघटन सदर गरेर सर्वोच्च अदालतले संविधान संशोधन नगरोस : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर गर्न संविधानलाई संशोधन नगर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्चले त्यसलाई उल्ट्याउनुपर्ने बताए । सर्वोच्चले प्रधानमन्त्रीको कममलाई सदर गरे संविधान नै कागजको खोस्टामा परिणत हुने उनले जिकिर गरे ।

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने श्रेष्ठको तर्क छ । त्यसलाई कुनै पनि हालतमा सहन नसकिने उनले चेतावनी दिए । ‘संवैधानिक अंगको भूमिकाप्रति विश्वस्त छौं,’ उनले भने, ‘तर अदालतलाई संविधान संशोधन गर्ने अधिकार दिइएको छैन, संविधानअनुसार फैसला लिने हो’, श्रेष्ठले भने ।

उनले भने, ुसंविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला गर्‍यो भने संविधान कागजको खोस्टोमा परि‍णत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदेन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस् भन्ने आग्रह गर्दछौं ।’

श्रेष्ठले प्रधानमन्त्रीले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको आरोप लगाए । पार्टीको स्थायी कमिटी बैठक बसिरहेको र केन्द्रीय कमिटीको बैठक आह्वान भएको अवस्थामा प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेर संविधान मिचेको आरोप लगाए । राजनीतिक दलको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाइने श्रेष्ठको भनाइ छ । आफ्नो पदीय स्वार्थमा घात हुने भयो भन्ने लाग्दैमा पार्टी विधान पनि मान्दिनँ, संविधान पनि मान्दिनँ भन्न नपाइने उनले बताए ।

 

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : ३३ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी