७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विश्वभर पछिल्लो २४ घन्टामा तीन लाख बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घन्टामा मात्रै तीन लाख आठ हजार छ सय जना कोरोना संक्रमित थपिएका छन । संक्रमितमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन ।

अमेरिकामा २४ घन्टामा ८३ हजार आठ सय ४८ जना संक्रमित थपिएका छन । यद्यपि यो संख्या विगतका दिनको भन्दा कम हो ।

अमेरिकामा हालसम्म २ करोड ७६ लाख ९७ हजार चार सय ४६ जना संक्रमित भइसकेका छन् भने चार लाख ७६ हजार तीन सय ६५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने देशको सूचीमा भारत दोस्रो नम्बरमा रहेको छ । भारतमा हालम्म एक करोड ८४ लाख ४७ हजार सात सय ९० जना संक्रमित भइसकेका छन् भने एक लाख ५५ हजार एक सय ९६ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टामा आठ हजार नौ सय ४७ जना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ २३ हजार चार सय ३९ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल