११ बैशाख २०८१, मंगलबार | April 23, 2024

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संविधानको धारा र अक्षरमा कालो मसी पोतेर ओलीले फासिवादको अभ्यास गरेको आरोप लगाए ।

केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले ओलीको फासिवादलाई सफल हुन नदिने प्रतिवद्धता जनाए । श्रेष्ठले भने, ‘यसका निम्ति हामी संघर्ष अघि बढाइहेका छौं । हामी संयुक्त संघर्ष अघि बढाउन चाहन्छौं । काँग्रेस र जसपासँग मिलेर अघि बढ्न छलफल गरिरहेकाछौं । सरकारको सानो गुटबाहेक सिंगो देश आन्दोलनमय छ ।’

श्रेष्ठले आफुहरुको संघर्ष सफलतातर्फ अघि बढेको पनि दाबी गरेका छन् । सभामा उपस्थित जनमासले आफुहरुको संघर्ष पुरा हुने क्रममा रहेको उनले दाबी गरेका हुन् ।

नेकपा प्रवक्ता श्रेष्ठले आफुहरु चुनावको पक्षमा रहेको बताउँदै संविधानलाई घात गर्ने चुनावलाई भने अस्वीकार गर्ने प्रष्ट पारे । उनले भने, ओलीले चुनाव गर्न चुनावको नाटक गरेका हैनन् । लोकतन्त्रलाई ध्वंस गर्ने चुनाव हामीलाई अस्वीकार्य छ । त्यस्तो चुनाव हामी खारेज गर्न सक्षम छौं ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : २९ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको