७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

घुस लिएको अभियोगमा मुद्दा



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरुले रु ४० हजार घुस मागेको पाइएको छ । उनीहरुले घुसका अलावा एक बोतल मदिरा लिएको पाइएको आयोगको अभियोगमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध रु ४७ हजार ८५० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै आयोगले स्रोत नखुलेको रु एक लाख ९० हजार नगदसहित बागमती प्रदेशमा दर्ता भएको एक सवारी साधन सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा निमित्त कार्यालय प्रमुख श्रेष्ठलाई सैनामैना नगरपालिका १० रुपन्देहीको पूर्व–पश्चिम राजमार्गको कोठो वनबाट नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । आयोगले गत माघ २९ गते पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ५५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी