६ माघ २०८२, मंगलबार | January 20, 2026

भागरथी भट्ट हत्या प्रकरणका अभियुक्त दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक



बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले पत्रकार सम्मेलन गरी भट्टलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रत्यक्षदर्शी, प्राप्त प्रमाण र साबिती बयानका आधारमा दिनेश भट्टराई पक्राउ गरिएको बताए ।

सोधपुछका क्रममा दिनेशले भागरथीका बुबाले आफ्नी फूपूलाई जवरजस्ती गरेको बदला लिन भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । भट्ट भागरथीलाई न्याय माग्दै गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए ।

जिल्ला अदालत बैतडीले आजै अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको डीआईजी सुवेदीले जानकारी दिए । आरोपित भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

बुधबार बिहान अभियुक्त भट्टविरुद्ध भागरथीका दाइ केशवराज भट्टले किटानी जाहेरी दर्ता गराएका छन् ।

अभियुक्त भट्टले आफूले भागरथीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । उनलाई प्रहरीले घरबाट मंगलबार साँझ पक्राउ गरेको थियो ।

माघ २१ गते स्कुल गएकी १७ वर्षीया किशोरी भागरथी घर नफर्किएपछि खोजविन हुँदा उनको शव गत माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ३८ बजे

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका