८ माघ २०८२, बिहिबार | January 22, 2026

निकट नेताहरुलाई देउवाको ब्रिफिङ : नेकपाका दुवै पक्षबाट अफर आइरहेको छ



काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पदाधिकारी बैठक अघि सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा भएको छलफलका क्रममा देउवाले नेकपाका दुवै पक्षबाट मिलेर अघि बढ्ने प्रस्ताव आएको बताएका छन् ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि बदलिएको राजनीतिक घटनाक्रममा नेपाली काँग्रेस निर्णयक दलको रुपमा उभिएको छ ।

प्रचण्ड नेपाल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवासँग बुधबार भेट गरिसकेका छन् । भेटका क्रममा मिलेर अघि बढ्न प्रचण्ड नेपालले देउवासँग प्रस्ताव गरेका थिए ।

आफु निकट नेताहरुसँग सभापति देउवाले दुवै समूहले विभिन्न प्रस्ताव गरेको बताएका छन् । तर, नेकपा औपचारिक रुपमा विभाजन नभैसकेको अवस्थामा अहिल्यै सबैकुरा पत्याइहाल्ने अवस्था नभएको पनि देउवाले बताएका छन् ।

दुवै समुहका गतिविधि हेरेर मात्र कांग्रेस निस्कर्षमा पुग्नुपर्ने कुरा सभापतिले राखेको छलफलमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले बताएका छन् ।

नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आजै दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  १ : ४६ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।