५ चैत्र २०८२, बिहिबार | March 19, 2026

देउवा खुले : सरकारको नेतृत्व गर्ने अवस्था आए जिम्मेवारीबाट भागिन्न !



चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।

चितवन आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाए जिम्मेवारीबाट नभाग्ने बताएका हुन् ।

देउवाले कांग्रेसलाई पदको लोभ नभएपनि काँधमा जिम्मेवारी आए पूरा पुरा गर्ने बताए । देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’ उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने जिकिर गरे ।

देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिन हुँदैन भनेर कांग्रेसबाटै सानो चित्त बनाउन नहुने धारणा राखे । सरकारको नेतृत्व गर्न पाए कांग्रेसलाई फाइदै हुने बताउँदै देउवाले त्यसअघि नेकपाको विभाजन हुनपर्ने बताए ।

तर, एउटै मञ्चमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्ने बताएका छन् । तर सोही मञ्चमा विशिष्ठ अतिथिका रुपमा बोल्दै बरिष्ठ नेता पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताए ।

पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन लाग्नुपर्ने बताए । उनले जनताको भरोसाको एकमात्र पार्टी कांग्रृ नै रहेको बताउँदै लोकतन्त्र प्रतिको निष्ठाबाट कांग्रेस डगमगाउन नहुने स्पष्ट पारे ।

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : २७ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।