५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बलात्कार पछि हत्या भएकी भागरथी र अभियुक्त दिनेशको डीएनए मिल्यो



बैतडी । भागरथी हत्या काण्डका मुख्य अभियुक्त दिनेश भट्टले दवावका कारण अपराध सकार गर्न बाध्य भएको भन्ने कुरा सार्वजानिक भएसँगै विवादीत बनेको भागरथी हत्याकाण्डको अनुसन्धान, डीएनएको रिपोर्ट पछि भने फेरि सोझिएको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको स्वावको डीएनए घटनाका मुख्य अभियुक्त दिनेश भट्टको डीएनए सँग मेल खाएको छ ।

भागरथीको शरीरबाट निकालिएको स्वाबसँग मुख्य अभियुक्त दिनेशको डीएनए रिपोर्ट मिलेको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ ।

स्थानीय तहका एकजना कर्मचारी र अर्का एक ब्यक्तिले घांटीमा छुरा तेर्साउँदै घटना सकार गनै बाध्य पारिएको भन्ने भनाई दिपकको बाबुबाट सार्वजानिक भएपछि घटनाले फरक मोड लिएको थियो ।

गत माघ २१ गते सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या भएको थियो। उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामूदायिक वनमा शव भेटिएको थियो ।

हत्या र बलात्कार पुष्टि भएपछि पनि झण्डै डेढसाता अनुसनधानमा अल्झिएको प्रहरीले अनुसन्धानको क्रममा ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।

पक्राउ परेका दिपकको जन्ममितिका आधारमा नाबालक ठहरिएपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएसँगै अभियुक्त दिनेशलाई २६ फागुनमा बाल सुधार गृह डोटी पु¥याइएको थियो।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  २ : ३३ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन