१३ माघ २०८२, मंगलबार | January 27, 2026

विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले मत माग्नुभयो : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाई नजिककको सरकार तीन वर्ष नपुग्दै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्थामा आएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको आफ्नै व्यवहार र कामका कारण अलोकप्रिय बनेको आरोप लगाए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना सरकार स्वयंले गरेको देउवाले बताए । देउवाले प्रश्न गरे, प्रधानमन्त्रीलाई काम गर्न कसले रोक्यो ?

सभापति देउवाले विश्वासको मत पाउँदिन भन्दाभन्दै प्रधानमन्त्रीले विश्वासको मत मागेको बताउँदै बताए । देउवाले देश अप्ठेरो अवस्थामा रहेको बेलामा प्रधानमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाए ।

देश महामारीको अवस्थामा पुगेको बेलामा प्रधानमन्त्रीले अरुलाई दोष थुपारेर भाग्न नपाउने उनले बताए । देउवाले भने, ‘आफु कार्यकारी बन्ने ? अनि अरुलाई दोष दिने ?’

देउवाले सरकारको तीन वर्षको मूल्यांकन गर्दा पूर्ण रुपले असफल भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरे, ‘छातीमा हात राखेर भन्नुस, यो अवस्था तपाईंले सिर्जना गर्न् भएको हो कि होइन ? तपाईंको दम्भ, कुशासन र भ्रष्टाचारको कारणले देश कमजोर बन्दै गएको छ ।’

देउवाले थपे, ‘संविधान मिचेर अलोकतान्त्रिक तरिकाले शासन गर्ने, अध्यादेशमार्फत शासन चलाउन खोज्ने, संवैधानिक परिषद्लाई पंगु बनाउने, दलहरुलाई विवादित बनाउने, सांसदलाई अपहरण गर्ने काम भयो ।’

सभापति देउवाले देशका जनताले अक्सिजन, आईसीयू बेड नपाएर सडकमै मर्नुपरेको अवस्थामा सरकार कोरोना खोपमा भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए ।

देउवाले भने, ‘विज्ञहरुले जुनसुकै बेला लहर आउने चेतावनीलाई सरकारले वास्ता गरेन । जसका कारण नेपाल उच्च जोखिममा रहेको देशको गणनामा पुगेको छ । यसका लागि जिम्मेवार छ कि छैन ?’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०३ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य