१७ श्रावण २०८३, आइतबार | August 2, 2026

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थपियो



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधी थप १५ दिन थपिएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा अवधी पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आउन नसकेको निस्कर्ष निकाल्दै निषेधाज्ञाको अवधी थप गर्ने निर्णय गरेको हो ।

अहिले जारी निषेधाज्ञाको समीक्षा र अवधी थपबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बसेको थियो । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएका कारण उनी उपस्थित भएनन् ।

जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म दिइएको किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने समय १ घण्टा बढाइएको छ । ९ बजेसम्म मात्र अत्यावश्यक पसल खुल्दा भीडभाड बढेको निस्कर्ष निकाल्दै १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।

बैठकले विकास निमाृणका सबै काम समेत रोक्ने निर्णय गरेको छ । सीडीओहरुले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका अन्य सबै निर्माण गरेका हुन् । यसैगरी विवाह, ब्रतबन्ध र भोजमा समेत कडाइ गरिएको छ । घरमै कार्यक्रम गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय भएको छ ।

यसअघि बैशाख १६ गते बिहानबाट २२ गतेसम्म पहिलो निषेधाज्ञा लागेको थियो । पछि त्यसलाई थप गरेर २९ गतेसम्म पुर्याइएको थियो ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ३६ बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा