७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मंगलबार केही घटे संक्रमित; ८२०३ नयाँ संक्रमित थपिए, ६८९१ संक्रमणमुक्त, १९६ को मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार सोमबारको तुलनामा झण्डै एकहजार संक्रमित मंगलबार घटेका छन् । यस्तै मृतकको संख्या पनि घटेको छ भने निको हुनेको संख्या मंगलबार बढेको छ ।

मन्त्रालयका अनुसार २० हजार ९८९ जनामा परीक्षण गर्दा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९६ जना संक्रमितको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना महामारी सुरुभएदेखि आजसम्म ४ लाख ७२ हजार ३५४ जनामा संक्रमण देखिएको छ । यसमध्ये ३ लाख ५२ हजार ४१४ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १४ हजार ५२९ जना आइसोलेसनमा रहेका छन् । यस्तै ७५२ जना विभिन्न क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ३७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा