६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल प्रहरीकाे सक्रियता : देशभर दश हजार अक्सिजन सिलिण्डर सङ्कलन



काठमाडौं । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।

नेपालमा कोभिड-१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ ।

तीमध्ये २०४ भरिएका र २९ खाली सिलिण्डर छन । आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा पछिल्लो २४ घण्टामा उल्लङ्घन गर्ने एक हजार ७६७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मास्क वितरण अभियान पनि सँगसँगै चलाएको छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : १० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको