१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

तिलाेत्तमामा आकस्मिक रक्तदान, १ सय १ युनिट संकलन



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना तथा जागृति युवा क्लबकाे संयाेजनमा आकस्मिक रक्तदान सम्पन्न भएको छ । तिलाेत्तमा २ स्थित क्लबको कार्यालय परिसरमा भएको आकस्मिक रक्तदानमा २ जना काेराेना जितेका युवाकाे प्लाज्मासँगै १ सय १ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यका साथ कार्यक्रम गरिएको बताए ।

नेपाल रेडक्रस साेसाइटी,रक्त संचार केन्द्र बुटवल र भैरहवाकाे प्राविधिक सहयाेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको रक्तदाता समाजकाे तिलाेत्तमा नगर शाखाका अध्यक्ष गाेविन्द भुसालले बताए । नगर गठन पछि याे पहिलाे कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उनले प्रतिवद्घता जनाए ।

ए= आई= पाैडेल ट्रेडर्स याेगिकुटीद्वारा प्रायाेजित गरिएको कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी मणिग्राम उपशाखाका सभापति एवम् शिक्षाविद् टेकबहादुर थापा, जागृति युवा क्लबका अध्यक्ष विदुर केसी समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदी, सचिव प्रेम नेपालीले नगरमा विगतबाट नै नया र रचनात्मक कामका लागि आफुहरु एकतावद्घ भएर लागेको भन्दै यसलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : १० बजे

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय