१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँके र रुपन्देहीमा अहिलेसम्मकै कम संक्रमण, बाँकेमा १२ र रुपन्देहीमा ५१ जना मात्र संक्रमित थपिए



बुटवल । बाँके र रुपन्देहीमा आज पनि कोरोना संक्रमणको दर घटेको छ । बाँकेमा पहिलो पटक कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम संक्रमित भेटिएका छन् भने रुपन्देहीमा पनि अहिले सम्मकै कम संख्यामा संक्रमण पुष्टि भएको छ ।

बाँकेका २ वटा प्रयोगशालामा भएको १४७ नमुना परीक्षण गर्दा बाँकेका १२ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २४ घण्टाको अवधीमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका ७ जनाको मृत्यु भएको छ भने २४० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । डीसीएमसी बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेजमा ७० नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर ल्यावमा ७७ नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २८९ पुगेको छ भने जिल्ला बाहिरका मृत्यु हुनेको संख्या २८२ पुगेको छ । जिल्लामा ८५५ जना सक्रिय संक्रमित छन् ।

यता रुपन्देहीको ४ वटा प्रयोगशालामा भएको ३१३ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमतिको मृत्यु भएको छ भने ३०३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२१ पुगेको छ । जिल्लामा अहिले पनि २८३३ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई