७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा जेठ २४ गते मध्यराती १२ बजे सम्मका लागि निषेधाज्ञा थप, दैनिक उपभोग्य पसल दिउँसो १२ बजे सम्म खोल्न पाईने



नेपालगन्ज । बाँकेमा बैशाख ८ गते बाट जारी निषेधाज्ञा जेठ २४ गते सम्म थप भएको छ । बैशाख ८ गतेबाट यस वर्षको नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगर क्षेत्रबाट जारी गरिएको निषधाज्ञा १३ गते बाँके जिल्लाभरी कायम गर्दै छटौं पटक निषेधाज्ञाको समयावधी थप गरिएको हो ।

यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो । दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि आज मध्य राती १२ बजे सकिँदै थियो । निषेधाज्ञाको समयअवधि सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञामा उल्लेख गरिएको छ । यसअघिको निषेधाज्ञामा बिहान ६ बजेबाट ९ बजे सम्ममात्र खाद्यान्ह तथा दैनीक उपभोग्य सामाग्रीको पसल संचालन गर्न पाउने व्यवस्था गरिएको भएपनि थप गरिएको निषेधाज्ञामा दैनीक उपभोग्य पसललाई केहि खुकुलो पारिएको छ । सुचना अनुसार अव १२ बजे सम्म त्यस्ता पसलहरु संचालन गर्न पाईने छ । अन्य सबै मापदण्ड भने पुरानैलाई निरन्तरता दिईएको छ । पछिल्लो १ साता देखि बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमी आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई