२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बाँकेमा जेठ २४ गते मध्यराती १२ बजे सम्मका लागि निषेधाज्ञा थप, दैनिक उपभोग्य पसल दिउँसो १२ बजे सम्म खोल्न पाईने



नेपालगन्ज । बाँकेमा बैशाख ८ गते बाट जारी निषेधाज्ञा जेठ २४ गते सम्म थप भएको छ । बैशाख ८ गतेबाट यस वर्षको नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगर क्षेत्रबाट जारी गरिएको निषधाज्ञा १३ गते बाँके जिल्लाभरी कायम गर्दै छटौं पटक निषेधाज्ञाको समयावधी थप गरिएको हो ।

यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो । दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि आज मध्य राती १२ बजे सकिँदै थियो । निषेधाज्ञाको समयअवधि सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञामा उल्लेख गरिएको छ । यसअघिको निषेधाज्ञामा बिहान ६ बजेबाट ९ बजे सम्ममात्र खाद्यान्ह तथा दैनीक उपभोग्य सामाग्रीको पसल संचालन गर्न पाउने व्यवस्था गरिएको भएपनि थप गरिएको निषेधाज्ञामा दैनीक उपभोग्य पसललाई केहि खुकुलो पारिएको छ । सुचना अनुसार अव १२ बजे सम्म त्यस्ता पसलहरु संचालन गर्न पाईने छ । अन्य सबै मापदण्ड भने पुरानैलाई निरन्तरता दिईएको छ । पछिल्लो १ साता देखि बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमी आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ०१ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।