१७ बैशाख २०८१, सोमबार | April 29, 2024

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाईंदै, खाद्य पसल खुलाउने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञा केही खुकुलो बनाइन लागेको छ ।

कोरोना भाइरसको संक्रमण भयावह भएको भन्दै यही जेठ १४ गतेदेखि २० गतेसम्मका लागि कडा बनाइएको निषेधाज्ञालाई फेरि खुकुलो बनाउन लागिएको हो । तर निषेधाज्ञा भने थप एकसाता थपिनेछ ।

पछिल्लो केहीदिन यता उपत्यकामा संक्रमितको संख्या घटेका कारण निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्न लागेका हुन् । अब, फेरि बिहानमा खाद्य किराना पसलहरु र डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र खोल्न दिने तयारी गरिएको छ । यस्ता पसलहरु बिहानको एक समय खुल्नका लागि छुट दिइने भएको छ ।

यस्तै निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधानहरुलाई रातिदेखि बिहान ५ बजेसम्म र भन्सार विन्दुबाट छुटेका सवारी साधानलाई निश्चित गन्तव्यमा पुग्न दिने तयारी गरिएको छ ।

यसबारे निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको आजै मंगलबार छलफल हुँदैछ । काठमाडौं उपत्यकामा कोरोना महामारीको दोस्रो लहर तीब्र बनेपछि गत वैशाख १६ गते बिहानदेखि लगातार निषेधाज्ञा लाग्दै आएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ५२ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको