१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना भाइरसलाई जित्दै रुपन्देही, ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण देखियो



बुटवल । २ साता अघिसम्म कोरोनाको ग्राफले उकालो लाग्ने रेकर्ड हरेकदिन ब्रेक गरिरहेको रुपन्देहीमा यो साताभने हरेक दिने ओरालो लाग्ने ग्राफले रेकर्ड ब्रेक गरिरहेको छ । रुपन्देहीमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरुभएदेखिकै सबैभन्दा कम संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीका ४ वटा प्रयोगशालामा ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ३७८ जना कोरोनाबाट मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९।९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २।२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५८१ पुगेको छ । जसमध्ये २४ हजार ३३३ जना निको भएका छन । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । रुपन्देहीमा आजसम्ममा ४३८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : ३८ बजे

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,