२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कोरोना भाइरसलाई जित्दै रुपन्देही, ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण देखियो



बुटवल । २ साता अघिसम्म कोरोनाको ग्राफले उकालो लाग्ने रेकर्ड हरेकदिन ब्रेक गरिरहेको रुपन्देहीमा यो साताभने हरेक दिने ओरालो लाग्ने ग्राफले रेकर्ड ब्रेक गरिरहेको छ । रुपन्देहीमा आज कोरोना संक्रमणको दोस्रो लहर सुरुभएदेखिकै सबैभन्दा कम संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीका ४ वटा प्रयोगशालामा ८८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ३७८ जना कोरोनाबाट मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९।९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २।२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५८१ पुगेको छ । जसमध्ये २४ हजार ३३३ जना निको भएका छन । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । रुपन्देहीमा आजसम्ममा ४३८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : ३८ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८