१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने तयारी, प्रजिअहरुको बैठक बस्दै



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक खुला गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकमा तीनै जिल्लामा निषेधाज्ञा पुनः केही समय थप विषयमा छलफल भएको र बुधबार निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

यद्यपि, निषेधाज्ञाबारे सम्पूर्ण निर्णय भने आज (बुधबार) बस्ने सीडीओहरुको संयुक्त बैठकले गर्ने उनको भनाइ छ । उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने बताउँदै उनले निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर बेलुकातिरको समय दिइने बताए ।

यसअघि यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । निषेधाज्ञा अवधिभर अन्य प्रावधान भने यथावत रहने सीडीओ पराजुलीले बताए । जसअनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना बित्दा पनि कोरोना संक्रमण आशातित रुपमा घट्न सकेको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ८ : १८ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको