७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारीमाथि ‘हाबी’ हुँदै बाँके जिल्ला



नेपालगन्ज । अघिल्लो सातासम्म बाँके जिल्ला माथि हाबी हुँदै गरेको कोरोना संक्रमणलाई पछिल्लो १ साता भने कोरोना भाइरसलाई परास्त गर्दै बाँकेले सकारात्मक संकेतहरु देखाउन थालेको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक बाँकेमा सबैभन्दा कम संक्रमति थपिएका छन् भने एकै पटक अस्पतालका झण्डै १०० बेड खालि हुन पुगेका छन् ।

जिल्ला व्यवस्थापन समिति बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २ वटा प्रयोगशालामा ३९ जनामा मात्र संक्रमण पुष्टि भएकोमा बाँके जिल्लाका ७ जनामा मात्र संक्रमण देखिएको छ । आज साँझ ४ बजे सम्ममा बाँकेका बिभिन्न अस्पतालहरुमा ९३ वटा बेड खाली रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा २८, नेपालगन्ज मेडिकल कलेजमा ४२, वेस्टर्न अस्पतालमा सर्जिकल बेड १३, युनाइटेड अस्पतालमा १० वटा बेड खालि भएको छ । बाँकेको भेरी अस्पतालमा ३७ जना, मेडिकल कलेजमा ७२ जना र वेस्टर्न अस्पतालमा ३ जना गरि अहिले पनि जिल्लामा ११२ जना कोरोना संक्रमतिहरु सिकिस्त अवस्थामा रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा पछिल्लो २४ घण्टामा बाँके जिल्ला भित्रका १ जना सहित ४ जनाको मृत्यु भएको छ भने १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : २१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११