१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना महामारीमाथि ‘हाबी’ हुँदै बाँके जिल्ला



नेपालगन्ज । अघिल्लो सातासम्म बाँके जिल्ला माथि हाबी हुँदै गरेको कोरोना संक्रमणलाई पछिल्लो १ साता भने कोरोना भाइरसलाई परास्त गर्दै बाँकेले सकारात्मक संकेतहरु देखाउन थालेको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक बाँकेमा सबैभन्दा कम संक्रमति थपिएका छन् भने एकै पटक अस्पतालका झण्डै १०० बेड खालि हुन पुगेका छन् ।

जिल्ला व्यवस्थापन समिति बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २ वटा प्रयोगशालामा ३९ जनामा मात्र संक्रमण पुष्टि भएकोमा बाँके जिल्लाका ७ जनामा मात्र संक्रमण देखिएको छ । आज साँझ ४ बजे सम्ममा बाँकेका बिभिन्न अस्पतालहरुमा ९३ वटा बेड खाली रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा २८, नेपालगन्ज मेडिकल कलेजमा ४२, वेस्टर्न अस्पतालमा सर्जिकल बेड १३, युनाइटेड अस्पतालमा १० वटा बेड खालि भएको छ । बाँकेको भेरी अस्पतालमा ३७ जना, मेडिकल कलेजमा ७२ जना र वेस्टर्न अस्पतालमा ३ जना गरि अहिले पनि जिल्लामा ११२ जना कोरोना संक्रमतिहरु सिकिस्त अवस्थामा रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा पछिल्लो २४ घण्टामा बाँके जिल्ला भित्रका १ जना सहित ४ जनाको मृत्यु भएको छ भने १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : २१ बजे

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी