७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

काठमाडौं-तुम्लिङटार रुटमा बुद्ध एयरद्वारा एटीआर-७२ को परीक्षण उडान



काठमाडौं । बुद्ध एयरले एटीआर-७२ जहाजबाट काठमाडौंबाट संखुवासभाको तुम्लिङटारमा परीक्षण उडान गरेको छ।
बुद्ध एयरका अनुसार परीक्षणमा उडान क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए ।

धेरै जना यात्रु बोक्नसक्ने एटीआर-७२ जहाजको सञ्चालन खर्च कम हुन्छ । जसका कारण यस रुटको भाडा कम हुने बुद्ध एयरले जनाएको छ ।

यसअघि पाँच हजार ८०० भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ । तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् । कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थल केही वर्ष अघि मात्र कालोपत्रे गरिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : ०७ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले