२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँकेका ३ अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । राती ७ घण्टाका बीचमा बाँकेका ३ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती ११ः२५ बजेबाट बिहान ६ बजेका बीचमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ १० गते भेरी अस्पताल भर्ना भएका बाँसगढी ८ बर्दियाका ३९ वर्षिय पुरुषको राती १२ः४५ बजे मृत्यु भएको थियो भने जेठ १ गते भेरीमै भर्ना भएका ठाकुरबाबा २ बर्दियाका ५५ वर्षिय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको छ । त्यसैगरि जेठ ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका बैजनाथ ३ बाँकेका ३३ वर्षिया महिलाको राती ११ः२५ बजे र ७ गते नै गुनाईटेड अस्पताल नेपालगन्ज भर्ना भएका नेपालगन्ज १ की ४५ वर्षिया महिलाको बिहान ६ः०५ बजे मृत्यु भएको छ ।

आज सम्ममा बाँकेमा उपचारका क्रममा बाँके जिल्ला भित्रका ३०२ जना र जिल्ला बाहिरका ३१३ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा