११ असार २०८३, बिहिबार | June 26, 2026

प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनतामा गम्भीर घात भयो : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय स्वाधीनतामा गम्भीर घात भएको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनतामा घात गरेको आरोप लगाएका हुन् ।

श्रेष्ठले भने, ‘…विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ । यो क्षम्य छैन ।’ एकपछि अर्को गरेर आन्तरिक मामिलामा हस्तक्षेप हुँदा प्रधानमन्त्रीले प्रतिवाद नगरेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्री ले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए । राष्ट्रियताका विषयमा ओलीको चर्चा धोका मात्र भएको उनले जिकिर गरे । उनले थपे, ‘अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा