२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी, अदालतलाई प्रभाव पार्ने भाषाप्रति नेपालको आपत्ति



काठमाडौं । सहमतिको निष्कर्ष निकाल्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । आज बहिान ८ बजेका लागि तय भएको बैठक नेपाल पक्षका कार्यदलका सदस्यहरु समयमा नपुगेपछि विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।

शनिबार बैठकले तयार गरेको मस्यौदाका सम्बन्धमा वरिष्ठ नेपाल माधव नेपालले आपत्ती जनाएपछि नेपाल र नेपाल पक्षका कार्यदल सदस्य आन्तरिक छलफलमा बसेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो । वरिष्ठ नेता नेपालले अदालतलाई प्रभाव पार्ने गरि मस्यौदामा वाक्य राखिएको भन्दै आपत्ति प्रकट गरेको स्रोतले दाबी गरेको छ ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले अडान राखेकाे बताईएकाे छ ।

नेपाल पक्षीय कार्यदलका सदस्यहरु नेपालको असहमति समेत लिएर सिंहदरवार पुगेपछि बैठक शुरु भएको थियो । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ५६ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा