२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

१०बुँदे सहमतिप्रति माधव नेपालको स्पष्टीकरण : अदालतमा २३ सांसदको हस्ताक्षर कायमै छ



काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन आइतबार राति १० बजे नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरे पनि त्यसलाई बुझ्ने र व्याख्या गर्ने क्रममा १० घण्टा नवित्दै विवाद सुरु भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कुरा कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । १० बुँदे सहमति भएको भोलिपल्ट बिहानै नेता नेपालले सो सहमतिको गलत व्याख्या गर्न थालिएको प्रति आपत्ति जनाउँदै अदालतमा विचाराधीन मुद्दामा रहेको पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।

सहमति भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले त्यसको गलत व्याख्या गरेर भ्रम फैलाएको भन्दै नेता नेपालले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ५६ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा