२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भरिँदै आईसीयू र भेन्टिलेटर



काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत १ नम्बर प्रदेशमा ११५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । २ नम्बर प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् ।

बाग्मती प्रदेशमा ३८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र ४ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ७ आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधवार ६११ आईसीयू र १६८ भेन्टिलेटरमा उपचाररत र साउन १२ गते ६११ आईसीयू र १७१ जना भेन्टिलेटरमा थिए ।

बिहीवार देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवारै ९ हजार ५ सय ५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षण गरिएको छ । कूल संक्रमित संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३७३ संक्रमित निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

सोही अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा रहेको समेत पाइएको छ ।

संक्रमण रोकथाम उच्चतम उपाय जनस्वास्थ्य मापदण्ड कार्यान्वयन भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटक–पटक हेलचक्र्याइँ नगर्न आग्रह गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : २६ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा