२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देहीमा कोरोनाले हरेक दिन रेकर्ड ब्रेक गर्दै, साउन लागेयता आज सबै भन्दा बढी ५६ जना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रमले हरेक दिन रेकर्ड ब्रेक गर्न थालेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा साउन लागे यताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार रेकर्ड ब्रेक गर्दै ५४ जना थपिएकोमा आज ५६ थपिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ५६ संक्रमित थपिँदा बुटवल उपमहानगरमा मात्र २२ जना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा ११ जना, सैनामैनामा ५ जना, तिलोत्तमा, देवदह, कञ्चन र लुम्बिनी सांस्कृतिक नगरमा ४/४ जना तथा रोहिणी र ओमसतियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ५४ बजे

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले