९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

नेपाल पठाउन तयार गरिएको ब्राउन सुगरको अड्डामा भारतीय प्रहरीको छापा, १७५ ग्राम ब्राउन सुगर बरामद



नेपालगन्ज । भारतीय बजार रुपैडीयाबाट नेपाल पठाउने गरिएको लागु औषध ब्राउन सुगर बेच्ने अड्डामा भारतीय प्रहरीले छापा हानेको छ । भारतीय अर्धसैनीक बल एसएसबी र भारतीय जनपद प्रहरीको संयुक्त टोलिले बजार क्षेत्रमै रहेको ब्राउन सुगरको बिक्रि अड्डामा छापा मारेर १७५ ग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु रहेका छन् । नेपाल पठाउन तयारी भईरहेको अवस्थामा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले बाबुको घरमा छापा मारेको थियो ।

उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख भारतीय रुपैयाँ पर्ने भारतीय प्रहरीले जनाएको छ । यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोलकै अर्का युवा पनि पक्राउ परेका थिए ।

खुल्ला सिमानाको फाईदा उठाउँदै भारतीय बजारबाट हरेक दिन लागु औषध ब्राउन सुगर भित्रने गरेको छ भने नेपालबाट पनि चरेस भारतीय बजारमा लैजाने गरिएको छ । १२ जना बढी नेपालीहरु अहिले पनि चरेस सहित पक्राउ परेर बहराईच जेलमा बन्दी जीवन बिताईरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : ५६ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री