१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपाल पठाउन तयार गरिएको ब्राउन सुगरको अड्डामा भारतीय प्रहरीको छापा, १७५ ग्राम ब्राउन सुगर बरामद



नेपालगन्ज । भारतीय बजार रुपैडीयाबाट नेपाल पठाउने गरिएको लागु औषध ब्राउन सुगर बेच्ने अड्डामा भारतीय प्रहरीले छापा हानेको छ । भारतीय अर्धसैनीक बल एसएसबी र भारतीय जनपद प्रहरीको संयुक्त टोलिले बजार क्षेत्रमै रहेको ब्राउन सुगरको बिक्रि अड्डामा छापा मारेर १७५ ग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु रहेका छन् । नेपाल पठाउन तयारी भईरहेको अवस्थामा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले बाबुको घरमा छापा मारेको थियो ।

उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख भारतीय रुपैयाँ पर्ने भारतीय प्रहरीले जनाएको छ । यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोलकै अर्का युवा पनि पक्राउ परेका थिए ।

खुल्ला सिमानाको फाईदा उठाउँदै भारतीय बजारबाट हरेक दिन लागु औषध ब्राउन सुगर भित्रने गरेको छ भने नेपालबाट पनि चरेस भारतीय बजारमा लैजाने गरिएको छ । १२ जना बढी नेपालीहरु अहिले पनि चरेस सहित पक्राउ परेर बहराईच जेलमा बन्दी जीवन बिताईरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : ५६ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला