१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई, सरकारी सेवा प्रभावकारी नभएको गुनासो



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाईमा नागरिकको उत्साहजनक सहभागिता रहनुका साथै सरोकारवाला निकायलाई विकास निर्माण र सेवा प्रवाह बारे प्रश्न र जिज्ञासा राखेका छन् ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले गाउँपालिकाका विषयगत शाखाले गरेको प्रगति, विकास निर्माण तथा सेवा प्रवाह बारे प्रतिवेदन प्रस्तुत गरेसंगै सहभागीले सडक, खानेपानी, बजेट परिचालन, सेवा प्रवाह, गाउँपालिका नजिक पर्यटकीय तलाउ संरक्षण नभएको, स्वास्थ्य चौकीमा औषधी अभाव, सरकारी कार्यालय समयमा संचालन नभएको, कालोपत्रे स्तरीय नभएको लगायतका प्रश्नहरु राखेका थिए ।

उनीहरुले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका प्रमुख कक्षपतिले समृद्ध खजुराको सपना बोकेको त्यसका आधार तय गरेर अगाडि बढेको तर ५ वर्षभित्र समृद्ध नहुने त्यसका लागि १५ वर्षे योजना रहेको जानकारी दिए । उनले खजुराले तीन वर्ष पूरा हुँदा १०१ बुँदे चुनावी घोषणापत्र मध्ये ६८ बुँदा पूरा गरेको जानकारी दिँदै हाल ११ गौरवका योजना संचालनमा रहेको, ग्रीन सिटीका लागि डिपिआर गरिएको बताए । कोभिडले खजुराको समृद्धिको सपना ओझेलमा पार्न खाजेपछि समग्रमा गत आर्थिक वर्षमा सन्तोष जनक प्रगति हासिल गरेको बताए ।

वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले आफ्नो वडाको बारेमा कालोपत्रे सडकबारे राखिएको जिज्ञासा मेटाउँदै कालोपत्रे सडक अपेक्षित छैनन् त्यसको प्रमुख कारण बजेट भएको उल्लेख गर्दै स्तरीयताका लागि प्रयासरत रहेको बताए ।

वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम कालोपत्रे बजेट अभावमा पूरा नभएको, खानेपानी समिति होइन तदर्थ समिति भएको र साढे ४ लाख लिटर क्षमता खानेपानी वडा नं. ३ को आदर्श मावि पछाडि बन्ने क्रममा रहेको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले आफुलाई आएको प्रश्नको जवाफ दिँदै सरकारले तोकेको कर्मचारी र औषधि उपलब्ध रहेको बताए ।

कार्यक्रममा अध्यक्ष कक्षपतिले चुनौतीका रुपमा जनसहभागितामा कमी, आन्तरिक स्रोत न्यून, उपभोक्ता समिति, निर्माण कम्पनीबाट हुने योजना स्थानीयबाट अनुगमन सुपरिवेक्षण आवश्यक रहेको बताए । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, विभिन्न शाखाका प्रमुखहरु जवाफदेही वक्ताका रुपमा उपस्थित थिए ।

 

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान