११ श्रावण २०८३, सोमबार | July 27, 2026

भेरी अस्पताल नेपालगन्जमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु



बाँके । भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बर्दियाका एक र कैलालीका एक गरी दुई महिलाको मृत्यु भएको हो ।

बर्दिया मधुवन नगरपालिका-४ की ७० वर्षीया महिलाको गएराती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण जाँच गर्दा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो ।

त्यस्तै कैलाली भजनी नगरपालिका-६ की ५२ वर्षीया महिलाको ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई त्यसैदिन अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको गएराती ८ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ११ : ३८ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा