काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।
१५ हजार ९७९ जनामा गरिएको परीक्षणमा झण्डै १९ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैअवधिमा १७४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै २० जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म १० हजार ८५८ जनाको मृत्यु भएको छ ।
आज सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।
प्रतिक्रिया