७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले अध्यक्ष केपी ओली आज बुटवल आउँदै, रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने



बुटवल । संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणमा जुटेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउदै छन ।

मंगरबार गृह जिल्ला झापा पुगेका आध्यक्ष ओली रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आज बुटवल आउन लागेका हुन ।

केहिदिन यता देश दौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गरेका थिए ।

प्रचार विभाग प्रमुख मोहन चापागाईंका अनुसार बुटवलको देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्तालाई ओलीले सम्बोधन गर्नेछन् ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने चापागाइएले बताए ।

भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पुरा भएको जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ९ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११