१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले अध्यक्ष केपी ओली आज बुटवल आउँदै, रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने



बुटवल । संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणमा जुटेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउदै छन ।

मंगरबार गृह जिल्ला झापा पुगेका आध्यक्ष ओली रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आज बुटवल आउन लागेका हुन ।

केहिदिन यता देश दौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गरेका थिए ।

प्रचार विभाग प्रमुख मोहन चापागाईंका अनुसार बुटवलको देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्तालाई ओलीले सम्बोधन गर्नेछन् ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने चापागाइएले बताए ।

भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पुरा भएको जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ९ : ०६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान