७ आश्विन २०८३, बुधबार | September 23, 2026

खरानी घसेर हिँडेका माधव नेपालले धेरैको जिन्दगी बर्बाद पारे : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईर्ष्याभाव र कुण्ठाबाट ग्रसित भएर माधव नेपालले अनेकौंका जिन्दगीसँग खेलेको आरोप लगाएका छन् ।

एमाले काठमाडौंले बिहीबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालले व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत स्वार्थ पुरा गर्न घरमा आगो लगाएर, खरानी धसेर तन्नम् भएर, तीर्थयात्रामा हिँडेको बताए । पछि लागेर हिँडेका मान्छेको जिन्दगी नेपालले बर्बाद बनाएको ओलीले आरोप लगाए । ओलीले माधव नेपालसँग भएका नेता, कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आग्रह गरे ।

ओलीले भने, ‘माधव नेपालले अलमल्याएका, झुक्याएका, भ्रममा पारेका साथीहरु फर्किनुस् पार्टीमा । कार्यकर्ताहरु फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस् । तपाईंहरुको जिन्दगीसँग माधव नेपालले जुन खेल खेल्नुभो, बहुतै डरलाग्दो छ ।’

ओलीले माओवादी केन्द्रमा रहेका नेता कार्यकर्तालाई पनि एमालेमा आउन आग्रह गरे । उनले एमाले एकीकृत पार्टी भएको दाबी गर्दै प्रचण्डको पछि नलाग्न सुझाव दिए । ओलीले प्रचण्डको सेवक भएर नबस्न आग्रह गर्दै पार्टीको कार्यकर्ता भएर हिँड्न एमालेमा आउन आग्रह गरे । ओलीले भने ‘तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ५ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई