५ पुस २०८२, शनिबार | December 20, 2025

खरानी घसेर हिँडेका माधव नेपालले धेरैको जिन्दगी बर्बाद पारे : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईर्ष्याभाव र कुण्ठाबाट ग्रसित भएर माधव नेपालले अनेकौंका जिन्दगीसँग खेलेको आरोप लगाएका छन् ।

एमाले काठमाडौंले बिहीबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालले व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत स्वार्थ पुरा गर्न घरमा आगो लगाएर, खरानी धसेर तन्नम् भएर, तीर्थयात्रामा हिँडेको बताए । पछि लागेर हिँडेका मान्छेको जिन्दगी नेपालले बर्बाद बनाएको ओलीले आरोप लगाए । ओलीले माधव नेपालसँग भएका नेता, कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आग्रह गरे ।

ओलीले भने, ‘माधव नेपालले अलमल्याएका, झुक्याएका, भ्रममा पारेका साथीहरु फर्किनुस् पार्टीमा । कार्यकर्ताहरु फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस् । तपाईंहरुको जिन्दगीसँग माधव नेपालले जुन खेल खेल्नुभो, बहुतै डरलाग्दो छ ।’

ओलीले माओवादी केन्द्रमा रहेका नेता कार्यकर्तालाई पनि एमालेमा आउन आग्रह गरे । उनले एमाले एकीकृत पार्टी भएको दाबी गर्दै प्रचण्डको पछि नलाग्न सुझाव दिए । ओलीले प्रचण्डको सेवक भएर नबस्न आग्रह गर्दै पार्टीको कार्यकर्ता भएर हिँड्न एमालेमा आउन आग्रह गरे । ओलीले भने ‘तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ५ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता