२० असार २०८३, शनिबार | July 5, 2026

आगामी निर्वाचनमा प्रचण्ड र माधव नेपालसँग तालमेल हुन्न : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ सिट पनि नजित्ने माओवादी केन्द्रसँग तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम आफुले भोगिरहेको बताएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र एकिकृत समाजवादीमा लागेका नेताहरुलाई एमाले भित्राउन सकिएपनि ती पार्टीसँग कुनै प्रकारको तालमेल नहुने स्पष्ट पारे ।

ओलीले कतिपय एमाले नेताहरुले नै माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश समेत पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले माधव नेपाललाई कमरेड नभन्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एकिकृत समाजवादी पार्टी नभइर गुट मात्र भएको टिप्पणी गरे, -‘माधव नेपाल गुटसँग केही हुँदैन ।’

कार्यक्रममा ओलीले प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका गर्दै दुबै नेताहरुलाई मधु(कैटवको संज्ञा समेत दिएका थिए ।

प्रचण्ड र माधव नेपालले अलमलमा पारेकाहरुलाई भने पार्टीमा फर्काउनु पर्ने ओलीको भनाई छ । ओलीले भ्रममा परेका शुक्तिलाई आफ्नो पक्षमा ल्याउन क्रियाशिल बन्न युवा विद्यार्थीलाई आह्वान पनि गरे ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी