२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आगामी निर्वाचनमा प्रचण्ड र माधव नेपालसँग तालमेल हुन्न : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ सिट पनि नजित्ने माओवादी केन्द्रसँग तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम आफुले भोगिरहेको बताएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र एकिकृत समाजवादीमा लागेका नेताहरुलाई एमाले भित्राउन सकिएपनि ती पार्टीसँग कुनै प्रकारको तालमेल नहुने स्पष्ट पारे ।

ओलीले कतिपय एमाले नेताहरुले नै माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश समेत पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले माधव नेपाललाई कमरेड नभन्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एकिकृत समाजवादी पार्टी नभइर गुट मात्र भएको टिप्पणी गरे, -‘माधव नेपाल गुटसँग केही हुँदैन ।’

कार्यक्रममा ओलीले प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका गर्दै दुबै नेताहरुलाई मधु(कैटवको संज्ञा समेत दिएका थिए ।

प्रचण्ड र माधव नेपालले अलमलमा पारेकाहरुलाई भने पार्टीमा फर्काउनु पर्ने ओलीको भनाई छ । ओलीले भ्रममा परेका शुक्तिलाई आफ्नो पक्षमा ल्याउन क्रियाशिल बन्न युवा विद्यार्थीलाई आह्वान पनि गरे ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०६ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो