१२ बैशाख २०८३, शनिबार | April 25, 2026

माधव नेपालको गलत ढंगले पार्टी कब्जा गर्ने प्रयास कार्यकर्ताले निस्तेज पारिदिए : केपी ओली



नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्ने कार्य गरिरहेको आरोप लगाएका छन् । बुधबार एमाले बाँके जिल्ला कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा जस्ता योजना रोकेर कार्यकर्तालाई नगद बाँड्ने गरी कार्यक्रम ल्याएर कार्यकर्ता पोस्ने कार्य गरेको आरोप लगाएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालिन एमाले सरकारले महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको दाबी गरे । उनले एमालेले शुरु गरेको जनता आवास अन्तर्गत बनेका १२ हजार घर वितरण, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अगाडि बढेको देखेपछि ती कार्यहरु रोक्न गठबन्धन बनेको आरोप लगाए । उनले गठबन्धनबाट बनेको बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको पनि बताए ।

परमादेशबाट बनेको सरकारले १ हजार ४ सय सडक आयोजना रद्ध गरेको, परराष्ट्र मामिलाका जानकार तथा विद्वान–विद्वान व्यक्तिहरुलाई राजदूतावासबाट फिर्ता बोलाएको, भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको तथा पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याएको बताउँदै अध्यक्ष ओलीले सरकारका गतिबिधिहरुले बर्तमान सरकारको जनविरोधी कार्य छरपस्ट भएको टिप्पणी गरे ।

ओलीले पत्रकार दिर्घातिर हेर्दै माधव नेपाल र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझाव दिए । उनले माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नु पर्नेमा अझै माक्र्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेको भन्दै ब्यंग गरे ।

अध्यक्ष ओलीले माधव नेपाललाई केही समयमै दुई/चार जना लिएर कसैको दैलोमा जाने भविश्यवाणी समेत गरे । ‘पार्टीलाई गलत ढंगले कब्जा गर्ने प्रयास भएको थियो । कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए ।’ उनले भने, -‘नदीको छालले फोहोर मैलालाई किनारामा पु¥याएजसरी माधव गुटलाई किनारामा पु¥याइदिए ।’

अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गरे । ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिडिरहेका छन् । यिनको राजनीति फर्किदैन ।’ ओलीले भने । ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने पनि ठोकुवा गरे ।

अध्यक्ष ओलीले आगामी चुनावमा माधव नेपाल र प्रचण्ड जनता माझ भोट माग्न जानै नसक्ने जिकिर गर्दै भोट माग्न जाने ठाउँ नभएपछि एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिती आउने ठोकुवा गरे । माधव नेपाल चोइटिएर गए पनि एमालेलाई त्यसले कुनै क्षति पुगेको छैन ।’ उनले भने, ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए । यसले केही फरक पर्दैन ।’

कार्यक्रममा लुम्विनी प्रदेसका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माधव नेपाल र प्रचण्ड पार्टी विभाजनका प्रतिक भएको आरोप लगाउँदै माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताए। उनले माओबादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको दाबी गर्दै वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको आरोप समेत लगाए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ४० बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव