४ बैशाख २०८१, मंगलबार | April 17, 2024

लाफा समुहको १३ औं रक्तदान, आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न



बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज आइतबार १३ औं रक्तदान आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै समुहले मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष तथा राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारीका श्रीमति शोभा भण्डारीलाइ कोभिड संक्रमणपछि निमोनिया देखिएको र हाल काठमाडौंको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भै रहदा आर्थिक समस्या परेसंगै विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक जुटआइरहदा लाफा समुहले पनि आफ्ना सदस्यहरुबाट ५५ हजार २ सय ५ रुपैया उठाइ समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाले काठमाडौं मेडिसिटी अस्पतालमा नै पुगि सहयोग हस्तान्तरण गरेका संरक्षक बासुदेब लामिछानेले बताए ।

त्यस्तै कार्यक्रममा बुटवल उपमहानगर पालिका ७ मा रहेको बाजे बजै पितृ थान निमार्णको लागि ४० हजार ५ रुपैया सहयोग गरेको छ ।
कार्यक्रममा नव पञ्चरत्न युवा क्लव सेमलारले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा सहभागि भै प्रथम हुने क्लवका खेलाडी सुशिल गिरी र सलिन पौवी तथा तृतिय हुने खेलाडी पुरन गाहा र विवेक न्यौपानेलाइ सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरेले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, कोषध्यक्ष ज्ञानु रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ५७ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि