३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

लाफा समुहको १३ औं रक्तदान, आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न



बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज आइतबार १३ औं रक्तदान आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै समुहले मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष तथा राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारीका श्रीमति शोभा भण्डारीलाइ कोभिड संक्रमणपछि निमोनिया देखिएको र हाल काठमाडौंको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भै रहदा आर्थिक समस्या परेसंगै विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक जुटआइरहदा लाफा समुहले पनि आफ्ना सदस्यहरुबाट ५५ हजार २ सय ५ रुपैया उठाइ समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाले काठमाडौं मेडिसिटी अस्पतालमा नै पुगि सहयोग हस्तान्तरण गरेका संरक्षक बासुदेब लामिछानेले बताए ।

त्यस्तै कार्यक्रममा बुटवल उपमहानगर पालिका ७ मा रहेको बाजे बजै पितृ थान निमार्णको लागि ४० हजार ५ रुपैया सहयोग गरेको छ ।
कार्यक्रममा नव पञ्चरत्न युवा क्लव सेमलारले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा सहभागि भै प्रथम हुने क्लवका खेलाडी सुशिल गिरी र सलिन पौवी तथा तृतिय हुने खेलाडी पुरन गाहा र विवेक न्यौपानेलाइ सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरेले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, कोषध्यक्ष ज्ञानु रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ५७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र