८ बैशाख २०८१, शनिबार | April 20, 2024

महाधिवेशन उदघाटन स्थलको निरिक्षण गर्न एमाले अध्यक्ष ओली नारायणी किनारमा



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औँ महाधिवेशन उद्घाटन स्थल प्रस्ताव गरिएको नारायणगढ स्थित नारायणी किनारको निरीक्षण गरेका छन् ।

अध्यक्ष ओलीले चितवनमा हरेक वर्ष औद्योगिक ब्यापार मेला लाग्ने गरेको नारायणी नदीको किनारको निरिक्षण गर्दै त्यस स्थानले ठेक्न सक्ने सहभागिताका विषयमा चासो राखेका थिए । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायत विषयमा चासो चितवनका स्थानीय नेताहरुसँग जिज्ञासा राखेका थिए । ओलीले नारायणी किनार बाहेकको स्थान चितवनमा अन्यत्र भए नभएको विषयमा जिज्ञासा राखेको निरिक्षणमा सहभागी एक नेताले बताए ।

ओलीलाई स्थान देखाउन र चयन गरिएको स्थानका विषयमा ब्रिफिङ गर्न एमाले केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, एमाले नेता कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायत ओली सँगै नारायणी किनारमा पुगेका थिए । उनीहरुले ओलीलाई चितवनमा सबैभन्दा उपयुक्त स्थान सोही स्थान भएको ब्रिपिङ गरेका थिए ।

सो अवसरमा ओलीलाई ब्रिपिङ गर्दै केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तरतर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने जानकारी दिए । उनले नदी किनारमा व्यवस्थापन गरेर ५ लाख हाराहारी सहभागी हुनसक्ने बताए ।

विधान महाधिवेशनको समापनमा अध्यक्ष ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेपनि एमाले स्थायी कमिटीले महाधिेवशन स्थल चितवन सारेको थियो । एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल